तेह्रथुम, २५ मंसिर । प्रदेस नं १ अन्तरगत तेह्रथुमका सबै निर्वाचन क्षेत्रहरूमा बाम गठबन्धनले बिजयी हासिल गर्दै कांग्रेसका उम्मेद्वारहरूलार्इ फराकिलाे मतान्तरले हराएका छन ।
याे बिजयी संगै तेह्रथुममा पनि कांग्रेसकाे उपस्थिती शुन्य देखिएकाे छ । देशभर बाम गठबन्धनकाे अग्रता कायम रहेकाे बेला तेह्रथुममा भने क्लिन स्विप गरेकाे छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ बाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन ।
प्रतिनिधि सभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन। खापुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पराजित गर्दै तेह्रथुमबाट दोश्रो पटक निर्वाचित भएका हुन ।
खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसकी सीता गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गर्दै पराजय भाेग्नु परेकाे छ । प्रदेश सभातर्फ पनि नेकपा एमालेकै ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङवा विजयी भएका छन ।तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका थिए ।
जिल्लाका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो प्रदेश निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो । प्रदेश सभा (ख) तर्फ पनि एमालेकै तेजमान कन्दङवा विजयी भएका छन । कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिजय सम्हाम्फेले ८ हजार ४७ मत प्राप्त गरेका थिए ।
जिल्लाका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका सम्मिलित सो प्रदेश निर्वाचन क्षेत्रमा ३० हजार ५ सय ८८ मतदाता रहेकामा १९ हजार ९ सय ६३ मत खसेको थियो । सो क्षेत्रका ७ सय १२ मत बदर भएको छ ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा स्थानीय चुनावमा समेत नेकपा एमालेले ५ र कांग्रेसले एक स्थानीय तह जितेका थिए । कुल ६६ हजार ६ सय ६७ मतदाता मध्ये तेह्रथुममा ४४ हजार २ सय १ मत खसेको थियो ।