धनकुटा, २३ मंसिर । धनकुटा प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार ईन्द्रमणी पराजुली बिजयी भएका छन । २० हजार ६ सय ५२ मतसहित पराजुली बिजयी भएका हुन ।
उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका अर्जुनबहादुर थापाले ८ हजार २ सय ३१ मत पाएका छन । १२ हजार ४ सय २१ मतान्तरले पराजुली बिजयी बनेका हुन ।
मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले आज साँझ ६ बजे पराजुलीलाई बिजयी घोषणा गरेका हुन ।