काठमाडौ, २३ मंसिर । माओवादी केन्द्रका नेता तथा गोरखा निर्वाचन क्षेत्र नं २ का बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिका विजयी उम्मेदवार डा बाबुराम भटराईलाई बधाइ दिएका छन् ।

Advertisement

श्रेष्ठले फोन गरेर बाबुरामलाई बाधाई दिएको भट्टराईको सचिवालयले जनाएको छ ।

नेता श्रेष्ठले गोरखा २ मा भटराई विजयभएपछि सामाजिक सञ्जाल ट्वीटरमा पनि लेखेका छन् । ‘आदरणीय  मतदाताको निर्णयलाई शिरोधार्य गर्दै बिजयका निम्ति डा. बाबाबुराम भट्टराईलाई हार्दिक बधाई ।

निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता,बाम गठबन्धनका नेताकार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबैलाई आभार तथा धन्यवाद ।

उनले आफ्नो क्षेत्रको निर्वाचन परिणाम जे जस्तो भएपनि देश, जनता, सत्य र न्यायप्रतिको निष्ठामा अबिचलित रहि मानव मुक्ति र स्वतन्त्रताको यात्रामा निरन्तर सकृय रहने प्रतिबद्धता पनि जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!