काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नं. २ मा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल १४ हजार मतान्तरले विजयी भएका छन् । उनले २७ हजार ३ सय ६६ मत ल्याएका छन् ।
उनका निकतम प्रतिद्धन्द्धी कांग्रेसका दीपक कुँइकेलले १४ हजार ९ सय २ मत ल्याएका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका विवेकशील साझाका डा सुर्यराज आर्चायले ७ हजार ४ सय ३६ मत ल्याएका छन् ।