दार्चुला, २३ मंसिर । जिल्ला वाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ। प्रतिनिधिसभा सदस्यमा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्।  उनी २८ हजार ९९८ मतसहित निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी  कांग्रेसका विक्रमसिंह धामी २२ हजार २३३ मत प्राप्त गरे। प्रदेश कमा एमालेका गेल्बुसिंह बोहरा १६ हजार ५३ मत ल्याएर निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी का‌ंग्रेसका मदन गिरीले १२५९८ मत ल्याए। यस्तै प्रदेश खमा माओवादीका मानबहादुर धामी १२ हजार ९५६ मतसहित विजयी भए। उनका  प्रतिद्वन्द्वी का‌ंग्रेसका जगदीशबहादुर पालले ९५७५ मत पाए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!