काठमाडौं, २२ मंसिर । जुम्ला प्रदेशसभाको ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भएका छन् ।
रोकायले कांग्रेसका भिमनिधि हमाललाई करिब दोब्बर मतले पछि पार्दै विजयी भएका हुन् ।
रोकायले १० हजार ४५८ मत ल्याए भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याएका छन् ।
जुम्लामा प्रतिनिधिसभा र प्रदेश ‘क’ मा पनि वाम उम्मेदवारहरु अघि छन् ।