चितवन , २२ मंसिर । आज बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन। जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार आन्तरिक व्यवस्थापनका कारण मतगणना सुरु हुन ढिलाइ भएको हो। जिल्ला निर्वाचन अधिकारी हरि ढकालले अब केही बेरमा गणना सुरु हुने जानकारी दिए।

Advertisement

यसअघि, बिहीबार राति मुख्य निर्वाचन अधिकृतसँग बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि गणना गर्ने निर्णय गरेको थियो। तर आज विहान पुन सर्बदलिय बैठक बसी मतगणना तत्कालै सुरु गर्ने निष्कर्ष निकालेपनि अझै सुरु हुन सकेको छैन।

बिहानको दलको निर्णयपछि दलका प्रतिनिधिको परिचय पत्र बनाउने लगायत आवश्यक आन्तरिक तयारी थालिएको थियो। आवश्यक तयारीका काम पुरा नहुँदा अहिले १ बजेसम्म मतगणना सुरु हुन नसकेको हो।

चितवनका सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले एक उम्मेदवारको एकजना प्रतिनिधि राख्ने र प्रत्येक क्षेत्रको तीन ठाउँमा गणना हुने जानकारी दिए।

चितवनमा तीन वटा निर्वाचन क्षेत्र रहेको छ। चितवनको भरतपुर मावीमा हुने मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गणना स्थलमा तारजाली लगाइएको छ भने सिसी क्यामेरासमेत जडान गरिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!