सर्लाही, २१ मंसिर ।सर्लाहीको करौना गाउँपालिका वडन नम्बर २ मा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ ।
दुईपक्षबीच विवादमा भएको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । घटनाबारे सुचना आएपनि विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।