नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक आफैँलाई मतदान गरेका छन्। चितवनको शिवनगरस्थित शान्तिपुर आधारभूत प्राविबाट प्रचण्डले पहिलो पटक सूर्य चिन्हमा पनि मतदान गरेका हुन्।

Advertisement

एमालेसँग वाम गठबन्धन गरेपछि प्रचण्डले सूर्यमा मतदान गरेका हुन्। चितवन–३ ‘ख’ मा पर्ने सो क्षेत्रमा प्रदेश सभामा वामगठबन्धनको तर्फबाट एमालेका कृष्ण भुर्तेल उम्मेदवार छन्।

प्रचण्डले प्रतिनिधि सभामा आफ्नै लागि हँसिया–हथौडा र प्रदेश सभामा एमाले उम्मेदवार भुर्तेलका लागि सूर्यमा मतदान गरे।

यसअघि पाँच निर्वाचन क्षेत्र रहेको चितवनलाई यस पटक तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ, यद्यपी प्रचण्डको गाउँ भीमसेननगर चाहिँ यसपटकपनि चितवन–३ मा नै परेको छ। ०६४ र ०७० को निर्वाचनमा यस क्षेत्रमा माओवादी केन्द्रबाट नारायण दाहाल उम्मेदवार थिए।

भीमसेननगर प्रचण्डको आफ्नो गाउँ हो। २०१९ फागुनमा कास्कीको ढिकुुरपोखरी लेवाडेबाट प्रचण्डको परिवार चितवनको भीमसेननगर बसाईं सरेको थियो। जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि उनले भीमसेननगरबाट नै मतदान गर्दै आएका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!