चितवन , २० मंसिर । निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् ।

Advertisement

बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । “करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भने, “सबै नक्कली मात्रै भेटिएका छन् ।”

उहाँका अनुसार अहिलेसम्म राखिएकामा तीन वटा स्थानमा केही बारुद रहेको पाइए पनि ठूलो क्षति गर्ने खालको नभएको जनाइएको छ । चितवन प्रहरीले शान्तिसुरक्षा चुस्त रहेकाले ढुक्क भएर निर्वाचनमा भाग लिने वातावरण मिलाएको थापाले बताए ।

मुख्यगरी नेकपाका कार्यकर्ताले तर्साउने गरेको यस्ता गतिविधि नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘स्पेशल अपरेशन टिम’ परिचालन भएको छ । अहिलेसम्म करिब एक दर्जन ठाउँमा यस्ता शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
तीमध्ये केही ठाउँमा मात्रै बारुदसहित राखिएको भए पनि अन्य ठाउँमा नक्कली ९होक्स बम० पाइएको छ । अन्य क्षेत्रमा कहीँ घरकै सिलिण्डर लगेर जलाइएको, कहीँ माटो, ढुंगा भरेर राखिएको तथा बम जस्तो बनाएर बेरेर राखिएको मात्रै पाइएको प्रहरीको भनाइ छ ।

यस्ता गतिविधि राप्ती नगरपालिकामा दुई स्थान, खैरहनीमा दुई स्थान एवं रत्ननगर र कालिका नगरपालिकामा एवं माडी तथा भरतपुर क्षेत्रमा पाइएको प्रहरीले जनाएको छ । ३,४ स्थानमा घरबाटै सिलिण्डर लगेर आगो लगाएको भन्दै उनले सिलिण्डरमा आगो लगाएपछि पड्किनु स्वभाविक भएको भन्दै त्यहीँ पनि खुला क्षेत्रमा देखिएको बताए ।

प्रहरीको विशेष टोलीले अहिलेसम्म शंकास्पद २०० स्थानमा खोजी गरेको केही ठाउँबाट सामान्य विस्फोटक पदार्थ र त्यसमा प्रयोग हुने अन्य सामग्री बरामद गरेको छ । अहिलेसम्म यस्ता गतिविधि गर्ने २६ जनासहित आपराधिक क्रियाकलापमा लाग्ने ४६ जना नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।

सेनाले बम निस्क्रिय तुल्यायो

हेटौँडा उपमहानगरपालिका–८ कमानेस्थित औद्योगिक क्षेत्रदेखि राईगाउँ जाने सडकमा अज्ञात समूहले आज बिहान नै राखेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

भैंसेस्थित सुपारेटार ब्यारेकबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय बनाउँदा कुनै मानवीय र आर्थिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

उनका अनुसार जिल्लाका ३२४ मतदान केन्द्रमा कुनै अप्रिय घटना भएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!