काठमाडौं, १९ मंसिर । लागु औषध नियन्त्रण व्युरोले ३३६ एम्पुल लागु ओैषधी सहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

व्युरोले सर्लाही जिल्ला कविलास गाउँपालिका १ का दिपेश कुमार श्रीवास्तव र सोही जिल्लाको चन्द्रनगर गाँउपालिका ७ का बसन्तकुमार साहलाई पक्राउ गरेको हो ।

Advertisement

लागु औषध एम्पुल सहित गौशला स्थित पिङलास्थानबाट पक्राउ गरिएको व्युरोले जनाएको छ ।

पक्राउ परेका श्रीवास्तव र साहले नेपाल –भारत सिमानाबाट लागु औषध बुप्रिनर्फिन, डाइजेपाम इन्जेक्सन नेपाल भित्राउने कार्यमा सक्रिय रहेको व्युरोले जानकारी गराएको छ ।

 पक्राउ परेका अभियुक्तले नेपालका प्रमुख शहरहरुमा सञ्जाल विस्तार गरि लागु औषधको कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको व्युरोले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!