कैलाली, १८ मंसिर । कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ।

बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए। मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्‍याउने क्रममा बाटामै सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!