Sangalo Khabar

धनकुटा, १९ मंसिर । दोस्रो चरणमा आगामी बिहिबार धनकुटासहित ४५ जिल्लामा हुँने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

Advertisement

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता लगायतले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसार गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ ।

आमसञ्चार माध्यमलेसमेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले त्यस्ता सामग्री प्रकाशन/प्रसारण नगर्न आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट नहुँने आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन ।

मौन अवधिमा पालना गर्नुपर्ने कुराहरु :

१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने ।
२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।
३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement