काठमाडौँ, १८ मंसिर । सोमबार बिहान बम बिस्फोटमा परी घाइते भएका कांग्रेस नेता तथा काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्।

Advertisement

सोमबार बिहान काठमाडौँको चपली हाइटमा थापाको चुनावी अभियानलाई लक्षित गरी भएको बम प्हारबाट नेता थापासहित ११ जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए। बिस्फोटबाट थापालाई टाउको र कम्मरमा सामान्य चोट लागेको थियो।

डिस्चार्जपछि अस्पताल परिसरमा उपस्थित शुभचिन्तक तथा पत्रकारहरुलाई संक्षिप्त सम्बोधन गर्दै नेता थापाले यस प्रकारका घटनाबाट अतंकित नहुन मतदाता र सुभचिन्तकहरुलाई आग्रह गरेका छन्।

बिस्फोटबाट आफू सामान्य घाइते बने पनि साथीहरु गम्भीर घाइते भएको बताए। ‘चुनावी अभियान ढिला भएका कारण म छिटो हिँड्दै थिए, त्यसैले पछाडिका साथीहरुलाई चोट लाग्यो’, उनले भने।

उनले चुनावी अभियानलाई जारी राख्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

थापासँगै बिस्फोटमा परी चार जना गम्भीर घाइते र ६ जना सामान्य घाइतेको अहिले शिक्षण अस्पतालमा उपचार भैरहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!