धनगढी, १७ मंसिर । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने दावी गरेका छन्। आगामी चुनावमा कांग्रेसको बहुमत सुनिश्चित भइसकेको दावी गर्दै देउवाले ओली प्रधानमन्त्री बन्ने सम्भावना टरेको बताएका हुन्।
‘म फेरि पनि प्रधानमन्त्री बन्ने पक्का भैसक्यो, बरु ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न’ कैलालीको धनगढीमा एउटा साक्षात्कारमा देउवाले भने, यो चुनावमा पनि नेपाली कांग्रेसको बहुमत आउने सुनिश्चित छ।’
वामपन्थीहरुलाई जनताले भोट नदिने बताउँदै देउवाले भोट हालिसकेपछि पनि ओलीले चुनाव सारिसकेको सपना देखेको आरोप लगाए। वामगठबन्धनले जिते वर्तमान संविधान च्यातिने आरोप लगाउँदै समावेशितापनि खत्तम हुने दावी गरे।
नेपालमा कम्युनिष्टहरुले विकास गर्नुको साटो सपनामात्रै बाँडेको आरोप लगाएका देउवाले देशमा भएका सबै विकास नेपाली कांग्रेसले गरेको दावी गरे। ‘उनीहरुले त विकासको नारा मात्रै लगाएका हुन्’ देउवाले भने, ‘कम्युनिष्टहरुले विकास ग¥यौं भन्नु वकवास हो। सबै विकास कांग्रेसले गरेको हो।’
वामगठबन्धनको दुई तिहाई आउने कुरापनि हावादारी भएको दावी उनले गरे। ‘उनीहरुको बहुमत त आउँदैन, दुई तिहाई कहाँबाट आउँछ?’ चुनावी अभियानको क्रममा सुदुरपश्चिम पुगेका देउवाले भने, राष्ट्रपतिय प्रणाली भनेको संविधान च्यात्ने कुरा भएकाले जनताले उनीहरुलाई भोट हाल्दैनन्।’