झापा, १६ मंसिर ।  नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले संविधान संशोधन गर्न सकिने बताएका छन्। उनले  संविधान गतिशील दस्तावेज भएकाले संसोधन गर्न मिल्ने बताएका हुन्।

Advertisement

शनिबार गृह जिल्ला झापाको क्षेत्रनं. ५ को कमल गाउँपालिका–५ को मंगलबारेमा आयोजीत कोणसभामा ओलीले भने ‘यदि आवश्यक भए देश भित्रै छलफल गरी राष्ट्रिय आवश्यकता महसुस भएमा संविधान संशोधन हुन सक्छ’।

उनले भारतमा गएर कसैलाई खुसी पार्नका लागि वा सत्ता टिकाउन संविधान संशोधनको प्रयास गरिए त्यो स्वाधिनता र राष्ट्रिय हित बिपरीत  हुने बताए।

राप्रपाका सहमहामन्त्री राम थापाले देश भरि कांग्रेससँग गठबन्धन भए पनि झापाका कांग्रेसले धोका दिएकाले एमालेसँग सहकार्य गरेको प्रस्ट्याए।तीन दिनको गृहजिल्ला बसाई पछि ओली शनिबार मोरङ् हुँदै उदयपुर जाने संयुक्त चुनाव परिचालन समितिका क्षेत्रीय संयोजक होमबहादुर थापाले जानकारी दिएका छन्।

शनिबारनै उनले दमक बजारमा जनसांस्कृतिक महासंघको संयोजनमा भएको चुनावी सभालाई संवोधन गरी उदयपुर तर्फ लाग्ने जनाईएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!