उद्धारकर्ता पर्खिरहेका भारतीय माझी परिवार

नयाँ दिल्ली, १६ मंसिर । भारत र श्रीलंका बिहीबार रातिबाट शुक्रबार बिहानसम्म आएको शक्तिशाली आँधीको कारण कम्तीमा पनि १६ व्यक्तिको मृत्यु भएको समाचार छ।

सो आँधीबाट अन्य एक सय जना व्यक्ति वेपत्ता हुनुका साथै आँधीका कारण यी दुबै देशमा सयौँ रुख ढल्नुको साथै विद्युतीय लाइनहरु अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्।

Advertisement

आँधीले सडक छेउका घरहरु भत्काएको वा उडाएको बताइएको छ। आँधी प्रभावित क्षेत्रमा लाखौँ व्यक्तिलाई सो क्षेत्र खतरायुक्त भएको चेतावनी दिइएको छ।

भारतको दक्षिणी भू–भाग तामिल नाडू र केरला प्रान्त बढी प्रभावित भएको छ भने श्रीलङ्काको दक्षिणी र मध्य प्रान्तहरुमा क्षति पुगेको छ।

ती क्षेत्रका सवै बिद्यालय दुई दिनयता बन्द रहेका छन्। सडक, रेलमार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको छ।

प्रकोप नियन्त्रण अधिकारका अनुसार आँधीको कारण भारतमा नौ र श्रीलंकामा सात व्यक्तिको मृत्यु भएको छ।

प्रायः व्यक्तिहरु रुख ढलेको र ती ढलेको रुखहरुले किचेर मृत्यु भएको बताइएको छ।

यस आँधीको कारण तटीय क्षेत्रको समुद्रमा माछा मार्ने डुंगाहरु समेत सबै उडाएको भारतका रक्षामन्त्री निर्मला सिथारमानले बताए।

हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए। उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ।

शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो। बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण बर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ। रासस/एएफपी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!