Rabin Katel

काठमाडौं । बाग्लुङको रिघा-७ मनेवामा सुख्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । साथै मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ ।जलविद्युत आयोजनाका लागि बाटो खन्ने क्रममा डिस्को नै खसेर नदी थुनिएको हो । झण्डै चार घण्टासम्म खोला थुपिएपछि ठूलो ताल बनेको छ ।

अहिले भने त्यसमाथिबाट विस्तारै पानी बग्न थालेको खबर आएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले बताए । उनले भने, ‘माथिबाट पानी फ्लो भएर जान थालेको छ । अहिले खासै खतरा छैन ।’

Advertisement
पहिरोले थुनिएको खोला । तस्वीरः हरिनारायण गौतम

सुख्खा पहिरोले मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ । यो बनाउन भने केही समय लाग्नेछ । पहिलोसँगै खसेको माटो हटाउँदा पुनः खोलामा नै जाने भएकाले बाटो खुलाउन समय लाग्ने प्रजिअ पाण्डेयले बताए ।

करिव २०० मिटर माथिबाट खसेको पहिरोका कारण स्थानीय मनकुमारी शाहीको घर जोखिममा परेको छ । र, परिवार विस्थापित भएको छ । अनलाईनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement