मलेखु, धादिङ, १५ मंसिर । काँकडभिट्टाबाट काठमाडाै आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ ।

धुनीबेँसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा गाडी चेकजाँचको क्रममा ना ७ ख  ४९७६ नं को बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।

Advertisement

बस चेकजाँचको क्रममा एउटा प्रेसरकुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थ भेटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!