संगालोखबर सम्वाददाता

धनकुटा, १४ मंसिर । संयुक्त वाम गठवन्धनको तर्फबाट प्रदेशसभाका लागि धनकुटा क्षेत्र नम्बर १ का उम्मेदवार निरन राईले साँगुरीगढी र चौविसे गाउँपालिकाका ग्रामिण सडकको स्तरोन्नती गर्ने प्रतिवद्धता जनाएका छन ।

सागुरीगढी गाउँपालिका–४ खरखोलेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै राईले मध्य चौविसे मार्ग तथा कोल्वोडे–महाभारत ग्रामिण सडकको स्तरोन्नती गर्ने प्रतिवद्धता जनाएका हुन ।

Advertisement

सडक स्तरोन्नती गरी सो क्षेत्रका बासीन्दालाई आवत–जावतमा सहज बनाउँने उनको भनाई छ । घरदैलो तथा मतदातासँग भेटघाट गरि आफुलाई विजयी गराउन आग्रह गर्दै उनले आर्थिक समृद्धि र स्थायी सरकारका लागी वामगठवन्धनले जित्नैपर्ने आवश्यकता औल्याएका छन ।

चुनावी सभालाई एमालेका समानुपातिक उम्मेदवार विना राई, माओवादी केन्द्रका केन्द्रिय सदस्य किशोर राई, जिल्ला सदस्य कविता कन्दङ्गवा, शर्मिला राई, एमालेका जिल्ला सचिवालय सदस्य हरिकुमार राई, बालकृष्ण राई लगायतले सम्वोधन गर्दै बाम गठबन्धनका उम्मेदवारलाई जिताउँन मतदातालाई आग्रह गरेका छन ।

चुनावी अभियान अन्र्तगत वडा न.६ को धारापानीमा चुनावीसभा र भेडेटारबजार, नाम्जे बजार, सिम्सुवा, फलामेटार लगायत स्थानमा घरदैलो गरिएको एमाले धनकुटाका पूर्व प्रचार विभाग प्रमुख कुलप्रसाद राईले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!