भद्रपुर, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग गठबन्धन भएको झापा– ३ मा एमालेले ‘म्याच फिक्सिङ’ नगर्ने बताएका छन्।

झापाको बिर्तामोडमा बिहीबार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले ‘एमालेले जसलाई समर्थन गर्छ, खुला रूपमा गर्छ, जालसाजी गर्न जान्दैन।’

उनले पत्रिकाको नामै लिएर भने, ‘कान्तिपुर जस्तो राष्ट्रिय दैनिकले आज मुख्य पृष्ठमा एमालेले झापा– ३ मा कांग्रेससँग म्याच फिक्सिङ गर्छ भनेर समाचार लेखेछ।’

‘म्याच फिक्सिङको नाममा गठबन्धनलाई लत्याएर एमालेले कसैसँग फोहोरी खेल खेल्दैन’, ओलीले सभामा भने, ‘फोहोरी खेल खेल्नु थियो भने एमालेले पहिले नै खेल्थ्यो।’

उनले आफूहरू वचनका पक्का भएकाले दायाँ बायाँ गर्न नजान्ने दाबी गरे। ‘झापा– ३ मा राप्रपालाई कुनै हालतमा धोका दिँदैनौँ’, उनले भने।  झापा क्षेत्र नम्बर– ५ का उम्मेदवार रहेका ओलीले कांग्रेसलाई आफूहरूले लतारेर गणतन्त्रमा ल्याएको दाबीसमेत गरे। उनले भने, ‘कांग्रेसलाई गणतन्त्रमा कसरी ल्याइयो भन्ने कुरा कृष्णप्रसाद सिटौलालाई थाहा छ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!