पोखरा, १४ मंसिर ।  ५० हजार रुपैयाँ घुस माग्ने सिञ्चाई विकास डिभिजन कार्यालय कास्कीका एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार रकमसहित पक्राउ गरेको छ।

अख्तियारको क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इन्जिनियर गोविन्द भुर्तेललाई पक्राउ गरेको हो। पोखराको बिरौटास्थित सिएम पर्फेक्ट जेभी कन्ट्रक्सनले रुपा गाउँपालिकाको सिद्धमा १ हजार ७ सय मिटर लामो टाकान्जा टार सिञ्चाई आयोजना डेढ करोड रुपैयाँको लागतमा बनाएको थियो।

आयोजना गत असारमा निर्माण सम्पन्न भएर फरफारकसमेत भइसकेको थियो। त्यसपछि कन्ट्रक्सनले निर्माण कार्य अनुभवको पत्रका लागि कार्यालयमा निवेदन दिएकोमा भूर्तेलले रकम दिएमात्र बनाइदिने भन्दै बार्गे्निङ गर्दै आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ।

लामो समयसम्म कागज नदिई पैसामात्र मागेपछि कन्ट्रक्सनका कर्मचारीले अख्तियारलाई जानकारी दिएर भुर्तेलले मागेको रकम बुधबार सिञ्चाई कार्यालय पुगेर दिएका थिए। भुर्तेलले लिएको रकम उनको निवासबाट बरामद भएको अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!