म्याग्दी, १२ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीलाई जोड्न कालीगण्डकी नदिमा झोलुङ्गे पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ।

म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा १८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको स्थानीय तिलक थापाले बताए।

पुल नबन्दा रत्नेचौर र धाइरिङका बासिन्दालाई ढोडेनी भएर घुमाउरो बाटो हिँड्दा एक घण्टा लाग्ने गरेको थियो। पुल बनेपछि पाँच मिनेटमै सारेमारेदेखि लस्ती बजार पुग्न सकिने भएपछि स्थानीयबासी खुसी भएका छन्।

पुल बनेपछि स्थानीय बासिन्दालाई आवतजावतसँगै आफूले उत्पादन गरेका तरकारी बजारमा पु¥याउन सहज भएको छ। म्याग्दीको रत्नेचौर, पर्वतको धाइरिङ र नाग्लीवाङका १५ सय घरधुरी यसबाट परिवार लाभान्वित भएका छन्।

पुलको भारवहन क्षमता ६८ मेट्रिक टन छ। एकपटकमा पुलबाट ४ सय ८६ जनासम्म मानिस आवतजावत गर्न मिल्छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले ६७ लाख ७७ हजार ७७७ रुपैयाँको लागतमा पुल निर्माण गरेको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!