बझाङ, १० मंसिर । विभिन्न मतदान केन्द्रमा बम विस्फोटनका घटना हुन थाले पछि प्रदेश नं ७ का आज मतदान भैरहेका ४ वटा जिल्लामा सुरक्षा सर्तकता उच्च बनाइएको छ ।
नेपाली सेनाको विषेश तालिम प्राप्त सुरक्षाकर्मीहरु सहितको हेलिकप्टरले हवाई गस्ती गरिरहेको छ । ‘दिपायलमा बेस रहने गरी नेपाली सेनाको स्पेशल एयरफोर्सले चारै जिल्लाको गस्ती गरिरहेको छ’ डियसपी क्रृषिराम कडेलले भने ‘आवश्यक परेको वेला जुनसुकै जिल्लाको जुनसुकै ठांउमा पनि पुग्ने गरेर अहिले हेलिकप्टर आकासमा घुमिरहेको छ’ प्रदेश नं ७ का बाजुरा, बझाङ, बैतडी र दार्चुलामा आज मतदान भैरहेको छ ।
विप्लव समुहका कार्यकर्ताले मतदान स्थल लक्षित बम विस्फोट गराउन थाले पछि सुरक्षा सतर्कता बढाइएको कडेलले बताए ।
सेनाको हेलिकप्टरले बझाङ जिल्लाको आकासमा ३ वजे देखी यता ३ पटक चक्कर लगाइ सकेको छ । संवेदनशिल देखिएका मतदान केन्द्रमा सुरक्षाकर्मीहरु थप गर्ने काम पनि भैसकेको प्रहरीले जनाएको छ ।