काठमाडौं, १० मंसिर । पहिलो चरणको निर्वाचन अन्तर्गत केही छिटपुट घटनाबाहेक देशभर मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले बताएको छ।

दिउसो दुई बजेसम्मको अनुमानित विवरण अनुसार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ५० प्रतिसत मत खसेको छ।

आयोगका सहायक प्रवक्ता मुकन्द शर्माले नेपालखबरसँग भने, ‘अहिलेसम्म ५० प्रतिसत मत खसेको अनुमान गरेका छौं।’

शर्माका अनुसार १ बजेसम्म ४० प्रतिसत मत खसेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!