तनहुँ, १० मंसिर । तनहुँको घिरिङ गाउँपालिका वडा नं १ अत्रौलीमा गएराती एमाले कार्यकर्ता माथि कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् ।
सो घटनामा एमालेका दुई जना घाइते भएका छन् ।
गजरकोटबाट असई विष्णु खड्काले दिएको जानकारी अनुसार झडपमा सोही ठाउँ निवासी २१ बर्षिय विदुर सिग्देल र १७ बर्षिय सफल सिग्देल घाइते रहेका छन् ।
घाइते विदुर एमालेको तर्फबाट घिरिङ गाउँपालिकाको निर्वाचित उपाध्यक्ष सरस्वती सिग्देलका छोरा हुन् ।
घाइतेद्धयलाई उपचारका लागि पोखरा लगिएको छ । सो घटनाको एमाले तनहुँका उपसचिव विष्णुभक्त सिग्देलले सो घटनाको भत्र्सना गरेका छन् ।