भक्तपुर, १० मंसिर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार साँझ बम विस्फोट गराउन प्रयोग भएको मोटरसाइकल फेला परे पनि विस्फोट गराउनेहरु भने फरार रहेका छन् ।

Advertisement

उक्त नगरपालिकाको वडा नम्बर ७ स्थिति बागेश्वरी बम विस्फोट भएको महानगरिय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

उक्त स्थान नजिकै नेपाली कांग्रेसका प्रदेश सभा तर्फका उम्मेदवार जिवन खत्रीको घर रहको छ ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले बम विस्फोटन गराउन प्रयोग भएको आंशका गरिएको हरियो रंगको हिरो होण्डा बा.११ प ७५८९ नम्बरको मोटर साइकल फेला पारेको छ ।

प्रहरीले बम विस्फोट भएको स्थानमा प्रेसरकुकरको टुक्रा फेला पारेको छ । उक्त स्थानमा प्रेसर कुकरबम विस्पोट भएको प्रहरीले प्रारम्भिक अनुमान रहेको छ ।

घटनामा संग्लनहरु भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

उता, मध्यपुर थिमीमा समेत बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ  ।

प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै विभिन्न स्थानमा सुरक्षा चेकजाँच गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रसाईले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!