काठमाडौं, ९ मंसिर । आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अवधिभर ३२ जिल्लामा  अनुमति पाएका बाहेकका गाडी नचल्ने भएका छन् ।

Advertisement

ट्राफिक प्रहरीका अनुसार अनुसार  आइतबार ३२ जिल्लामा निर्वाचन अवधिभर कुनै पनि सवारी साधनहरु बिना अनुमती चल्न पाउने छैनन्  ।

आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४  का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का  रूकुम (पूर्वी भाग) र  रोल्पा, प्रदेश नं ६  का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,  तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र  बैतडी जिल्लामा चुनाव हुँदैछ ।

बाँकि ४५ जिल्लाहरुमा भने सवारी साधनहरु सामान्य रुपमा चल्ने ट्राफिक प्रहरीले जनाएको छ ।
४५ जिल्लामा आगामी मंसिर २१ गते चुनाव हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!