
काभ्रे, ९ मंसिर । मण्डन देउपुर नगरपालिका–२ मा बाख्रा फार्म संचालन गरी बस्ने संखुवासभाको पाचखपन नगरपालिका–२ का ५० वर्षीय देबीबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
फार्ममा काम गर्ने धादिङकी २५ वर्षीया महिलालाई बिहीबार फार्ममै जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















