गौशाला, ९ मंसिर । महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति करिब ८ बजेतिर जिल्लाको पडौल–रौजा सडकखण्डमा बलवा नगरपालिका–७ स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ सवारी बोकी आउँदै गरेको ज१त ८४११ नंको ट्र्याक्टरले विपरीत दिशाबाट बा २४ प ५०५२ नंको मोटरसाइकल चलाएर आउँदै गरेका साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए।

सोही घटनासँगै ट्र्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार १५ जना यात्रुसमेत घाइते भएको र उनीहरुको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ ।

घटनापश्चात् ट्र्याक्टर चालक फरार भएका छन् भने शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!