नवलपरासी, ९ मंसिर । नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, गोजापोखरीमा चुनावी प्रचारको लागि हिँडेको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको छ ।

Advertisement

नेपाली कांग्रेस नवलपरासीका सभापति एवं नवलपुर क्षेत्र नंं २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार विष्णु लामिछानेको टोली चुनावी प्रचारका लागि पहाड उक्लँदै गरेको अवस्थामा बम विस्फोट गराइएको हो ।

विस्फोटबाट कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

लामिछानेको टोली ३ वटा जिपमा पहाड उक्लिएको थियो । तीमध्ये ग १ ज ५६०० नम्बरको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!