दाङ, ८ मंसिर । बाँकेका दुईजना व्यक्तिमाथि तुलसीपुरको राम्रीमा लुटपाट भएको छ। तुलसीपुर–सल्यान सडक खड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं ३ मा बिहीबार बेलुका पौने ८ बजेतिर अपरिचित समूहले उनीहरुमाथि लुटपाट गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए।

तुलसीपुर हुँदै भे ५ प ३४६५ नम्बरको मोटरसाइकलबाट सल्यान जाँदै गरेका नेपालगञ्ज उपमहानगरपालिका ३ का सुदीपकुमार पटहर र विहारीलाल लोध लुटपाटमा परेका हुन्। उनीहरुको साथबाट उक्त समूहले ६० हजार नगद, एक थान मोवाइल लुटेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए।

लुटपाटमा संलग्नको आशंकामा प्रहरीले तुलसीपुर र घोराही क्षेत्रका ११ जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक विष्टका अनुसार तुलसीपुर उपमहानगरपालिका ५ का १८ वर्षीय प्रदीप वली, २० वर्षीय विश्वास पाण्डे, २१ वर्षीय स्टार जिएम, तुलसीपुर ७ का २० वर्षीय असिम सिंह, घोराही १० धैरेनीका २२ वर्षीय केशव डाँगी, २० वर्षीय धिरन डाँगी, २० वर्षकै अनिल सेजवाल, तुलसीपुर ९ बेलुवाका १७ वर्षीय दीपक सुनार, तुलसीपुर ५ का २० वर्षीय विशाल विश्वकर्मा, २५ वर्षीय सुधीर खान, घोराही १२ लमदरुवाका १८ वर्षीय सरोज केसी पक्राउ परेका हुन्।

प्रक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विष्टले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!