धनकुटा, ६ मंसिर । प्रतिनिधि र प्रदेश सभा निर्वाचनतर्फ सबैको ध्यान तानिएको मैाका पारेर नक्कली नोट र नक्कली कागजात बनाउने गिरोह सक्रिय रहेका हुन थालेका छन्।
यसक्रममा मुगुमा एक हजार र पाँच सय दरका नक्कली नोट भेटिएका छन् । उम्मेदवारहरुले मतदाता प्रभावित पार्न पैसा बाँड्ने गरेको चर्चासँगै सदरमुकाम बेनीका बैंक तथा सहकारीहरुमा नक्कली नोट फेला परेपछि एक प्रकारको तरंग छाएको छ ।
बैंकहरुका अनुसार फेला परेका नोटहरुमा एउटै नम्बर च/२५ ४३९१३३ रहेको छ । सामान्यतया: सेक्युरिटी थ्रेट, वाटरमार्क, पेपर क्वालिटी, प्रिन्ट क्वालिटी, आकार, नोटका विभिन्न हातले छाम्न सकिने संकेत, नोटको रङ्गमा फरक परेको जस्ता नोटहरु नक्कली मानिन्छन ।
पटक–पटक बैंक तथा वित्तीय संस्थामा यस्ता नक्कली नोट फेला परेपनि यस्ता नक्कली नोट कहाँबाट, कस्ले, कसरी आए भन्ने कतै छानबिन भएका छैनन् ।
‘स्थानीय तह निर्वाचनमा पनि केही ५ सय दरका नक्कली नोट फेला परेका थिए । अहिले पनि अन्य बैंक/वित्तीय संस्थाहरुमा जस्तै सामान्य सेवाग्राहीबाट छुट्टाछुट्टै दिनमा एक हजार दरका नक्कली नोट फेला परेका हुन्’ गरिमा विकास बैंकका शाखा प्रबन्धक कमल ढुङ्गानाले भने, ‘स्थानीय तह निर्वाचनमा फेला परेका ५ सय दरका फेक नोट मुख्यालयमा पठाएका थियौं, बजारमा चर्चा नहुँदा अहिले फेरी हजारका नोट बजारमा आएको हुनुपर्छ ।’
चुनावी प्रतिस्पर्धा तीव्र र कडा बन्दै जाँदा सामाजिक सञ्जालहरुमा वाम गठबन्धन पक्षधरले मतदाता प्रभावित बनाउन लोकतान्त्रिक गठबन्धनबाट नक्कली नोट बाँडिएको भन्दै आरोप लगाएका छन् । प्रहरीले केही दिन यता विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा नक्कली नोटहरु फेला परेको पुष्टि गरेको छ ।
स्थानीय तह निर्वाचन र त्यसयता गिरोहले बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, बाग्लुङ्ग हुँदै भित्रि बाटो म्याग्दीमा नक्कली नोट फिँजाएको प्रहरीले दावी गरेको छ ।
चार वर्ष अघि पनि सदरमुकाम बेनीका बैंकहरुमा ५ सय र एक हजार दरका ८ हजार नककली नोट फेला परेको थियो । छुट्टै प्रहरीले १० हजार ५ सय दरका नेपाली नक्कली नोट सहित जिल्लाको पश्चिम ताकममा फ्रेसहाउस चलाई बस्ने भारतीय नागरिक रवी गुप्तालाई पक्राउ गरेको थियो ।
सरकारी छाप र दस्तखत कीर्ते गर्ने पनि सक्रीय
सरकारी छाप तथा दस्तखत कीर्ते गरेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । अमेरिकाको डिभी परेका ब्यक्तिलाई प्लस टुको नक्कली सर्टिफिकेट बनाई कीर्ते गरेको अभियोगमा संलग्न गिरोहलाई नै नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएपी दिवेश लोहनीले बताए ।
पक्राउ पर्नेमा सिन्धुलीका रुद्रबहादुर मोक्तान, ताप्लेजुङका भुवानी प्रसाद भट्टराई, कालिकोटका बिशाल जंग शाही र शुरेस बहादुर शाही, सुनसरीका अभय पोख्रेल, काठमान्डौंका अनिल श्रेष्ठ र सन्तोषकुमार तिवारी तथा काभ्रेका देवराज तामाङ छन् । डीभी परेका मोक्तान र भट्टराई सर्टिफिकेट बनाउन सो समुहको सम्पर्कमा पुगेका थिए । प्रहरीले उनीहरुलाई राजधानीका विभिन्न स्थानवाट हिजो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुको साथवाट प्लस टू को माईग्रेसन १ थान, एसएलसीको मार्कसिट १ थान र स्नातक तहको मार्कसिट ३ थान पनि बरामत गरेको जनाएको छ । यसैवीच महाशाखाको टोलीले भिजिट भिषामा कोरिया पठाउने र उतै लुकाई राख्ने दोलखाका विजय कुमार तामाङ लगायत ८ जनालाई पक्राउ गरेको पनि जनाएको छ ।















