चितवन, ६ मंसिर । जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्तरुपमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

Advertisement

माओवादी पार्टी कार्यालयमा बुधबार बिहान आयोजित श्रद्धाञ्जली सभामा ओली र प्रचण्डले कम्युनिष्ट पार्टीको हसिया हथौडा अंकित झण्डा ओढाएका हुन् ।

कार्यक्रममा सहभागीहरुले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । मणि थापाले सञ्चालन गरेको कार्यक्रममा माओवादी चितवन जिल्ला अध्यक्ष सुर्य सुवेदीले शोक वक्तव्य पढेर सुनाएका थिए ।

शोक वक्तव्यमा पाख्रिनको निधनले माओवादी केन्द्र, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिवादी साहित्य एवं सांस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको उल्लेख छ ।

मंगलबार भरतपुरमा आयोजित वाम गठबन्धनको सभामा गाउँदा गाउँदै अस्वस्थ भएका पाख्रिनको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको बुधबार देवघाटमा अन्त्येष्टि गरिने माओवादी नेता अमिक शेरचनले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!