काठमाडौँ, ४ मंसिर । म्यान्मारको रखाइन राज्यको समस्या समाधान गर्न चीनले म्यान्मार र बंगलादेशलाई तीन चरणका विकल्प सुझाएको छ।

रोहिंग्या शरणार्थी समस्यालाई लिएर म्यान्मार र बंगलादेशको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आफुले यस्तो प्रस्ताव गरेको आइतबार बताए।

‘रखाइन मुद्धा दुवै देश म्यान्मार र बंगलादेशलाई मान्य हुने गरि वार्तामार्फत समाधान हुने कुरामा चीनको विश्वास छ,’ म्यान्मारकी काउन्सिलर तथा विदेशमन्त्री आङ साङ सुकीसँगको संयुक्त पत्रकार सम्मेलनमा यीले भने।

चीनले सुझाएका तीन चरणका समाधनहरु मध्य पहिलो हो, हिंसा भड्किएको रखाइनमा युद्धविराम गर्नु हो। ‘युद्धविराम भए अरु स्थानीय विस्तापित हुनुपर्दैन्। संयुक्त प्रयासबाट युद्धविराम लागु गर्न सकिन्छ,’ यीको दावी छ।

चीनले सुझाएको दोस्रो सुझाव हो– सम्भव समाधन खोज्न अन्तर्राष्ट्रिय समुदायले म्यान्मार र बंगालदेशलाई प्रोत्साहित गर्ने। ‘अन्तराष्ट्रिय समुदायले सम्भव हुने समाधान खोज्न दुबै देशलाई संचारमा रहन प्रोत्साहान गर्नुपर्छ,’ यीको भनाई छ,‘ म्यान्मारबाट बंगलादेश पुगेका रोहिंग्या शरणार्थी स्वेदश फर्काउन पहिले नै दुबै देश सहमतिमा पुगिसकेका छन्।’

र, चीनले सुझाएको तेस्रो विकल्प हो– दीर्घकालिन समाधान। विदेशमन्त्री यीले द्वन्द्धको मुख्य कारण गरिबी भएकोमा जोड दिँदै अन्तर्राष्ट्रिय समुदायले रखाइनमा गरिबी उन्मुलनका लागि सहयोग गर्नुपर्ने बताए। ‘विकासले नै स्थायित्व तिर लैजान्छ,’ उनले भने।

विदेशमन्त्री यीले चीनको यो प्रस्तावलाई दुवै देशले समेत सर्मथन गरेको बताए। उनी बंगलादेश भ्रमणमा पनि जाँदै छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!