काठमाडौं, ३ मंसिर । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार नभएसम्म चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।

Advertisement

तर, टिर निवेदनको माग बमोजिम चुनाव रोक्न अन्तरिम आदेश भने दिएको छैन ।

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार हुनु पर्ने माग गर्दै कमला थापाले दायर गरेको रिटमा न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी नगर्ने लिखित जवाफ १५ दिनभित्र दिन भनेको छ ।

साथै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे बहसका लागि १३ गते दुबै पक्षलाई बोलाइएको छ ।

रिटमा संविधानको धारा ८४ को १ क बमोजिम ३३ प्रतिशत महिला उम्मेदवार हुनु पर्ने र यो सुनिश्चित नहुँदासम्म चुनाव रोक्नु पर्ने माग गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!