काठमाडौं, ३ मंसिर । आकस्मिक हृदयघातबाट आज बिहान निधन भएका प्रकाश दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा तयारी गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रकाश पिता पुष्पकमल दाहाल तथा अन्य परिवार सदस्यहरु अन्त्येष्टिका लागि आर्यघाट आइपुगेका छन्।

Advertisement

पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा अन्त्येष्टिमा सहभागी हुन आइपुगेका छन्।

आर्यघाट ल्याउनुअघि शवलाई अन्तिम श्रद्धमाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो। त्यहाँ माओवादी एवं अन्य पार्टीका नेताहरुले प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!