काठमाडौं, ३ मंसिर । प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे ।

Advertisement

भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए ।

प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए । शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गरेन ।

डा.बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेपछि आजसम्म पेरिसडाँडामा पाइला टेकेका थिएनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!