काठमाडौं, ३ मंसिर ।  छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए ।

Advertisement

हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आए । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् ।

तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन पुगेका छन् ।

माओवादी नेताहरुको बीचमा प्रचण्ड थिए । अगाडि प्रकाशको पार्थिव शरीर राखिएको थियो । पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे ।

आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!