काठमाडौं, ३ मंसिर । १० लाख रुपैयाँ घूस काण्डमा वैदेशिक रोजगार विभागका महानिर्देशकसहित तीन कर्मचारी पक्राउ परेेको एक साता नवित्दै विभागकै अर्का एक कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागको तहाचलस्थित श्रम कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर भाग्य नारायण झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

झाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने सेवाग्राहीसँग विभिन्न बहानामा बिचौलिया खडा गरेर घूस लिएको भेटिएको अख्तियारले जनाएको छ ।

यस्तो गतिविधिबाट झाले विभिन्न व्यक्तिमार्फत अठ्ठाइस हजार पाँच सय घूस लिएको अख्तियारले दाबी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!