धनकुटा, ३ मंसिर । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका थप दुई जना पक्राउ परेका छन । धनकुटा–६ खाल्डेबाट नेकपाका कार्यकर्ता यज्ञ भण्डारी र धनकुटा–१ त्रिसुलेबाट हेम मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भण्डारीलाई आज दिउँसो र मगरलाई हिजो साँझ पक्राउ गरिएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन ।
योसँगै धनकुटामा पक्राउ पर्ने नेकपाका नेता–कार्यकर्ताको संख्या १० पुगेको छ । जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित १० जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन ।