
काठमाडौं,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक इन्टरनेशनल अस्पताल पुगेका छन् । उनका साथमा पत्नी सीता दाहाल र प्रकाश दाहालकी पत्नी बिना मगर पनि अस्पताल पुगेकी छिन् ।
प्रकाशको आज बिहान निधन भएको हो । आज बिहान अचेत अवस्थामा घरमै भेटिएपछि उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुग्दा उनको निधन भइसकेको थियो । अस्पतालले उनको निधन के कारणले भएको हो भन्नेबारे जानकारी दिन केहीबेरपछि पत्रकार सम्मेलन गर्दैछ ।















