काठमाडौँ,३ मंसिर । काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

Advertisement

शनिबार राति बा१प १३०७ नंको पर्यटक गाडीले बा८६प ९०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा कास्की पोखराका सञ्जय थापाको मृत्यु भएको हो ।

पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । थापा बानेश्वरस्थित कन्याम ब्वाइज होस्टलमा बस्ने विद्यार्थी हुन् ।

ठक्कर दिने पर्यटक गाडीसहित चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!