काठमाडौं, १ मंसिर । सरकारलार्इ नेपाल केवल टिभी व्यवसायी महासंघ र नेपाल केवल टिभी महासंले संयुक्त ज्ञापनपत्र बुझाउँदै एनालग प्रविधि विस्तापित गर्नको लागि समय माग गरेका छन्।

Advertisement

विहिबार सूचना तथा संचार मन्त्रालयमा दुर्इ महासंघले संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै एनालग प्रविधि विस्तापित गरेर टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नका लागि केहि समयको माग गरेका हुन्।

यहि विषयमा सूचना तथा संचार मन्त्रालय तथा नेपाल केवल टिभी व्यवसायी महासंघ र नेपाल केवल टिभी महासंको संयुक्त छलफल भर्इरहेको छ।

ज्ञापनपत्रमा पूर्ण प्रेस स्वतन्त्रता र सूचनाको हकसम्बन्धित कानुन भएको देशमा आफ्ना ग्राहकहरुलार्इ आफूले स्वतन्त्र ढंगले सूचना प्रवाह गर्न नपाएको भन्दै केवल संचालकहरुले आक्रोश पोखेका छन्।

सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रविधिमा चलिरहेका केवल टिभी २९ गते देखि बन्द गरेको थियो।

मन्त्रालयले पहिलो चरणमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा एनालग प्रविधिमा सञ्चालित केवल टिभी बन्द गर्ने क्रममा उपत्यका भित्र संचालन भएका केवल स्टेशनमा अनुगमन गरी बन्द गरेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!