काठमाडौँ, १ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न गिरोहका थप २ जनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ ।
उनीहरुलाई केही हतियारसहित पक्राउ गरेको महानगरीय प्रहरी कार्यलयका डिआइजी गणेश केसीले जानकारी दिए ।
प्रहरीले पक्राउ परेकाहरु नाम भने खुलइाएको छैन । पक्राउ परेकाहरुले गौचनको सूचना सुटरलाई दिने तथा हत्यामा प्रयोग गरिएका हतियार लुकाउन मद्दत गरेको प्रहरीको आशंका प्रहरीले जनाएको छ ।
गौचन हत्यामा संलग्न मुख्य सुटरसहित ५ जनालाई प्रहरीले गत मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो ।
त्यतिबेला घटनामा संलग्न अझै ८ जना फरार रहेको बताइएको थियो ।
असोज २३ गते शान्तिनगरस्थित आफ्नै घरनजिक गौचनलाई गाडीभित्रै गोली हानिएको थियो । उनको तत्कालै मृत्यु भएको थियो ।















