मकवानपुर, ३० कात्तिक । मकवानपुर प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको ३५ हजार अमेरिकी डलर बरामद गरेको छ ।

Advertisement

 जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले रातोमाटे चेकपोष्टमा काठमाडौबाट हेटौडा हुदै बिरगंज जादै गरेको ना ६ ख ६२९१ बसबाट उक्त डलर बरामद भएको हो ।

बसमा यात्रारत भेडीहारी पुर्वी चम्पारण विहार बस्ने २५ बर्षका शेषनाथ प्रसादले लगाएको जुत्ता भित्र लुकाई छिपाई बिभिन्न नम्बरका अमेरीकी डलर ३५ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रसादलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग, हरिहर भबन ललितपुर काठमाडौमा बुझाउने तयारी भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!