चितवन, ३० कात्तिक ।  चितवनको पर्यटकीय नगरी सौराहामा हरेक वर्ष हुँदै आएको हात्ती महोत्सवको १४ औँ संस्करणको तयारी सुरु गरिएको छ ।

Advertisement

क्षेत्रीय होटल संघ सौराहाले महोत्सव एवं अन्र्तराष्ट्रिय हात्ती फाष्ट वाक प्रतियोगिता पुस ११ देखि १५ गतेसम्म सौराहामा गर्न लागेको हो ।

होटल सघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको भेलाले संघका वरिष्ठ उपाध्यक्ष दिपक भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरेको छ ।

जनावरमैत्री हात्ती महोत्सवलाई थप रोचक भव्य रुपमा सम्पन्न गर्न र राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा समेत यसको महत्वलाई थप उचाईमा पुराउन काठमाडौँ व्यवस्थापन समिति नै गठन गरेर तयारी सुरु गरेको संयोजक भट्टराईले जानकारी दिए ।

हात्ती महोत्सवको तयारीका काठमाडौँ समितिको संयोजकमा केशव पाण्डेलाई चयन गर्दै तयारी सुरु भएको उनले बताए । यो बर्ष चार चार वटा हात्ती राखि विगत देखि थप गरिएको हात्ती पोलो प्रतियोगितालाई थप गर्नुकासाथै पुष ११ देखि १५ गते सम्म ५ दिन र अंग्रेजी नयाँ बर्ष इस्पेसल संगीतिक नाइट विशेष आर्कषण हुने उनले बताए ।

विगतका वर्षमा निशुःल्क प्रवेश दिइएको यस प्रतियोगितामा यस पटक टिकटको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष भट्टराईले पर्यटक र दर्शकलाई विशेष सुविधा दिन टिकटसहित मिनि स्टेडियम समेतलाई थप व्यवस्थित बनाईएको बताए ।

प्रतियोगितामा हात्ती फाष्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, गाडा दौडसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ ।
साथै यो वर्षबाट टाँगा दौड  र डुङ्गा दौड हटाई हात्ती नुहाउने कार्यक्रम थप गरेको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!