दाङ, ३० कात्तिक । बसको ठक्करबाट आज यहाँ एकजना महिलाको मृत्यु भएको छ ।

बबई गाउँपालिका वडा नं ४ सुन्दरखाल निवासी ४५ वर्षीया हिरा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

Advertisement

बबई–४ सुन्दरखालमा पैदल यात्रु रानालाई ग१ख ७७०३० नंको बसले ठक्कर दिएर गम्भीर घाइते भएपछि राप्ती अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राप्ती अञ्चल अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी खुमप्रसाद न्यौपानले जानकारी दिनुभयो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!