काभ्रे, २८ कात्तिक । जिल्ला वन कार्यलयले चारवटा कछुवासहित एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा बस्ने ३५ बािर्षय ग्रिजलाल मगर रहेका छन् । कोशी व्यारेजबाट चार कछुवा लिएर स्कुटरमा आउँदै गरेका मगरलाई  काभ्रेको मंगलटारबाट प्रहरीले पक्राउ गरेर जिल्ला वन कार्यलयलाई बुझाएको हो ।

जिल्ला वन कार्यलयका प्रमुख प्रेम खनालका अनुसार मगरलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन अन्तर्गत कार्वाही हुनेछ । कछुवाको ओसार पसार तथा तस्करी गर्नेलाई प्रयोग गरिएका सवारी साधन जफत गरी २० हजार जरीवना र ६ महिना कैद हुने कानूनी व्यवस्था छ ।

मगरको साथबाट तिनथरी जातका कछुवा बरामद भएका थिए । मगरले पाङहुरा टेक्टा, पाङहुरा समृती र पाङहुरा समृतिपालिनी उपजातीका कछुवा कोशीब्यारेजबाट प्रतिगोटा १ सय रुपैयाँमा किनेर काठमाडौं लान लागेका थिए । आफू बस्ने घरमा एक्युरियममा कछुवालाई पालेर सजाउनका लागि आफूले कछुवा किनेर ल्याएको मगरले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!