कपिलवस्तु, २८ कात्तिक ।  कपिलबस्तुको गोरुसिंगेमा भएको बस दुर्घटनामा ९ जना घाईते भएका छन् । चन्द्रौटाबाट बुटलव आउँदै गरेको लु.१ ख ६१३३ नम्बरको बस बुद्धभुमि नगरपालिका–२ गोरुसिङ्घे जंगल कुन्द्रेखोला नजिक मंगलबार दिउँसो १ बजे पल्टिएको हो ।

Advertisement

दुर्घटनामा घाइते भएका ७ जना यात्रुको सामुदायिक अस्पताल जितपुरमा उपचार भईरहेको छ । घाइतेमध्ये दुई जनाको अबस्था गम्भिर रहेकाले थप उपचारका लागि बुटबल रिफर गरिएको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक मनोहर श्रेष्ठले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!